शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग #डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग
राजनीति शिक्षा

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० फागुन, २०८१ मा प्रकाशित
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता
फाइल फोटो ।
तनहुँ, फागुन १० :

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी एवं अभिवाकसँग आज बिहान भएको सङ्क्षिप्त भेटमा उनले ग्रामीण भेगका विद्यालयको भौतिक विकासका साथै प्राज्ञिक उन्नयनमा आफ्नो तथा पार्टीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निजी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिकमा कम हुनुहुँदैन भन्दै दाहाले स्रोत–साधन पाएमा सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेका बताए । उनले भने, ‘सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् ।’ अध्यक्ष दाहालले उक्त विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्नेमा समेत जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार