
काठमाडौँ, भदौ ४ :
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र मल्लोर्काले बराबरी खेलेका छन् ।
गएराति सम्पन्न खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
रियल मड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल फर्काउँदै १-१ को बराबरीमा ल्याएका हुन्।