बझाङ, भदौ ४ :

बझाङमा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ । 

बझाङको बुङ्गल नगरपालिका- १० टुमेडामा गएराति वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकै परिवारका काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ।

६ जनाले भने भागेर ज्यान बचाएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ।