काठमाडौँ, भदौ ४ :
ललितपुरको एक घरमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ११ स्थित अमिरमान बज्राचार्यको घरमा आगलागी भएको महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि एउटा पानी ट्यांकर,२५ जना नगर प्रहरी, ३ वटा दमकलको प्रयोग गरिएको उहाँले बताउनुभयो ।
आगोलागीबाट कुनै मानविय क्षति भएको छैन । अरु के कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन भइरहेको प्रमुख हाछेथुले बताउनुभयो ।