सोलुखुम्बु, भदौ ४ :

सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनःसञ्चालनमा आएको छ ।

नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।

बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएपछि उक्त क्षेत्रलगायत नाम्चे, खुमजुङ्ग, पानी ट्याङ्कीका (बिटीएस)टावरहरु बन्द भएको थियो । टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा पुनःसञ्चालन गरिएको जनाएको छ ।