काभ्रे, फागुन १४ :

बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका १०, शारदाबतासमा आज (मंगलबार) बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । 

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ३-०१-००५ ख ९९४२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ । 

बसमा चालक र सह-चालकसहित २४ जना यात्रु थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार १८ जना घाइते भएका छन् ।

जसमध्ये सातजनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।

यो पनि…

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु