काठमाडौं, फागुन १४ :

महाशिवरात्रि हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइँदै आएको छ ।

मूलतः नवरात्रमा चार महारात्रि मुख्य रुपमा मनाइन्छ । त्यस्तै गरी महाशिवरात्रि आदि-अनादिकालदेखि मनाइँदै आइएको छ । विशेषगरी महाशिवरात्रिलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइँदै आएकाले यस दिन शिवपूजा, आराधना गर्नै, उपवास बस्ने, जलधारा दिने र रात्रिमा दियो बाली धुनी तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ती छ ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । उक्त भजनमा आफ्नो मधुर संगीत र स्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिवमहिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्रि पर्वको विशेष अवसरमा बबिनाको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स्‌मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविनकुमार श्रेष्ठको ।  म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् । शिव भजन जय जय शम्भुको भिडियोमा गायिका तथा संगीतकार बबिना आफैं फिचर्ड छिन् ।