सुर्खेत, भदौ ५ :

कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारी गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसका लागि चार करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१- ०८२ मा घर बीमाका लागि बजेट छुट्याएको जानकारी दिनुभएको हो ।

उहाँले प्रदेश सरकारले गत वर्षको जाजरकोट भुकम्पमा ज्यान गुमाउने मृतकका परिवारलाई दुई लाखका दरले विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा रकम दिइएको पनि बताउनुभयो । 

चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

फोटोः कर्णाली प्रदेश कार्यलय