बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन कला

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक [भिडियो]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक [भिडियो]
काठमाडौं, फागुन १६ :

२०८२ वैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ‘ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत छ ।

गीतको म्युजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजबल्लभ कोइराला,सीतादेवी तिमिल्सिनालगायत अन्य कलाकारको अभिनय छ । भिडियोलाई सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् ।

एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजबल्लभ कोइराला नेपाल आएको मौका छोपी सो म्युजिक भिडियाको छायांकन भएको थियो । गायक विनोद, गीतकार अविरल र अभिनेता राजबल्लभ पुराना मित्र हुन् ।

समाजमा बढ्दै गएको चरम निराशा,अवसाद,विग्रह,हत्या र आत्महत्यालाई केही हदसम्म भए पनि निरुत्साहन गर्न गीत-संगीतको माध्यमद्वारा आशा र हिम्मतको सञ्चार गराई मानसिक स्वास्थ्य कायम राख्न सो गीत लेखेको र निर्माण गरेको थापाले बताएका छन् ।

थापाले यस अघि चलचित्र साँघुरोको लागि आउँदै छु कि जाँदै छु, शिशिर योगीको स्वरमा रहेको आफ्नै देशमा बस साथी, प्रमोद खरेलको स्वरमा यो झरीमा तिमीसँगै, युनिटी ब्यान्डको आशा अझै मरेको छैनलगायत गीत बजारमा ल्याइसकेका छन् । उनी बहुचर्चित चलचित्र बुलबुलका निर्माता पनि हुन् ।

समाज र जनमानसको मानसिक स्वास्थ्यप्रति दायित्वबोध गर्दै थालिएको यस अभियानमा काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले पनि साथ दिएको छ । गीतकार थापाले सबैलाई उत्प्रेरणा दिने यस गीतलाई आमजनमानसमा पुर्याउन र सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिन सबै व्यक्ति, संस्थाहरु र सबैखाले सञ्चार माध्यमलाई प्रकाशन र प्रसारण गरिदन अपिलसमेत गरेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार