
काठमाडौं, फागुन १७ :
फागुन शुक्ल प्रतिपदाका दिन हरेक वर्ष मनाइने ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शेर्पा समुदायले आज आफ्नो परम्परा, रीतिरिवाजअनुसार विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ग्याल्पो ल्होसार मनाइरहेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
शेर्पा समुदायको विशिष्ट पहिचान छ : राष्ट्रपति पौडेल [भिडियो]
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
हेरौं थप तस्बिर :