
भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
लमजुङ बेँसीसहर नगरपालिका ७ मा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए ।
‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘राजनीति दलहरुले देश र जनताका लागि काम गर्न नसक्दा संकट पैदा भएको छ । यस्ता संकटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।’
देशलाई सही दिशामा लैजान दुई ठुला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो गरे ।