काठमाडौं, फागुन २० :

चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपालबाहिर एकै दिन रिलिज हुनेछ ।

यो चलचित्रमा विजय बराल र मनीष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो चलचित्रमा छ ।

चलचित्रको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेब्यु निर्देशन हो । यो चलचित्रको एसोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भीएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् । चलचित्र यो वर्षको अन्त्यसम्ममा छायांकनमा जाने निर्माण टिमले जनाएको छ ।