काठमाडौँ, फागुन २० :

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । 

अहिले बिहान देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ। 

त्यस्तै, राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू- भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आगामी २४ घण्टा सम्म नेपालमा वर्षा र हिमापत गराउने प्रणाली नभएपनि यात्रामा निस्कँदा मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले आग्रह गरेको छ ।