काठमाडौं, फागुन २० :

१० वटा वाणिज्य बैंकको गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले ६ वटा विदेशी कम्पनी छानेको छ ।

राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै १० ठुला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणका लागि ६ परामर्शदाताको नाम सर्टलिस्ट गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार सर्टलिस्टमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउलेदर युनुस एन्ड कम्पनी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सन्टिङ कम्पनी सर्भिसेज, भारतकै जेभी मेहेरा, एमएसके एन्ड एसोसिएट्स र जेभी एसआरबीए एन्ड बीके अग्रवाल एन्ड कन्सल्टेन्सी छन् ।