काठमाडौँ, फागुन २१ :

च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेलमा आज भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ  ।

यो खेल दुबईमा आज (मंगलबार) नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ ।

पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ । 

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ ।