
काठमाडौँ, भदौ ६ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ ।
बैठकमा स्थानीय तह उपनिर्वाचन बारे छलफल गर्ने एजेन्डा तय भएको रास्वपाले जनाएको छ ।
रास्वपा यस अघि स्थानीय तहको निर्वाचनमा सहभागी भएको थिएन । केन्द्रीय समिति बैठकले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।