अमेरिकाले अवैधरुपमा बसोबास गरेका १० नेपालीलाई चार्टर विमानमार्फत बुधबार फर्काउँदै छ ।
आधिकारिक कागजात नभएका उनीहरु बुधबार बिहान काठमाडौं आइपुग्नेछन् ।
अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।
बुधबार काठमाडौंमा आउने चार्टर विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कनेछ । उक्त विमान ६ जना यात्रु लिएर अमेरिका फर्कने अध्यागमनका एक अधिकारीले बताए । माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ ।
यसअघि पनि ट्रम्पको कार्यकारी आदेशपछि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकेको छ।
अमेरिकाले त्यहाँ अवैध रुपमा बसोबास गरेका ठुलो संख्याका भारतीय नागरिकलाई पनि केही हप्ताअघि चार्टर विमान मार्फत सम्बन्धित प्रदेशमा पुर्याएको थियो । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
आईजीपी कार्कीसँग जोडेर सार्वजनिक भएका भ्रामक र तथ्यहिन सूचनाको पछि नलाग्न प्रहरीको अनुरोध
थप समाचार
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो
प्रतिकूल मौसमका कारण कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
प्रधानमन्त्रीको सचिवालयले भन्यो- पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन