अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ ।
विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो ।
आमविनाशकारी हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तर्राष्ट्रिय शान्ति- सुरक्षाका साथै दिगो विकासका लक्ष्य हासिलमा गम्भीर असर पार्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले विश्वशान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेका छन् ।
यो दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेचबिखन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रसङ्घको विश्वास छ । निःशस्त्रीकरण मामिलाका लागि राष्ट्रसङ्घीय कार्यालय (युएनओडिए) को आह्वानमा मनाइने यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुटेरेसले निःशस्त्रीकरण र अप्रसार शान्तिका निम्ति भएको लगानी हो भन्दै त्यसबाट विश्व समुदायको भविष्यका लागि पनि लगानी भएको बताएका छन् ।
विश्व शान्ति र निःशस्त्रीकरणका लक्ष्य हासिल गर्ने उद्देश्यले सन् १९८७ मा स्थापना भएको युएनओडिएको एसिया प्रशान्त कार्यालय काठमाडौँमा रहेको छ । यो कार्यालयको तत्वावधानमा आज यहाँ निःशस्त्रीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना हुने जनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
आईजीपी कार्कीसँग जोडेर सार्वजनिक भएका भ्रामक र तथ्यहिन सूचनाको पछि नलाग्न प्रहरीको अनुरोध
थप समाचार
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो
प्रतिकूल मौसमका कारण कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
प्रधानमन्त्रीको सचिवालयले भन्यो- पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन