शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
विदेश

महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक रिहा
सियोल, फागुन २४ :

दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाईको लागि अनुमति दिएको छ।

निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उनको गिरफ्तारी रद्द गर्न अनुरोध गर्दै हिरासत गैरकानुनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, “प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ।”

प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शङ्का हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको अदालतले भनेको छ।

पूर्व अभियोजक युनले डिसेम्बरमा केही समयका लागि नागरिक शासन निलम्बन गर्दैसंसद्मा सैनिक पठाएपछि दक्षिण कोरियाको रजनीतिमा उथलपुथल आएको थियो । 

महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै उनीविरूद्ध ‘राज्य विद्रोह’ को आरोपको प्रस्ताव दर्ता गरेका थिए । 

सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबीच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरेपनि अन्ततः जनवरी १५ मा उनलाई हिरासतमा लिइएको थियो।

उनले संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन् । यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ । 

-रासस /एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार