काठमाडौं, फागुन २६ :

गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् ।

गीतमा समीक्षा अधिकारीको समेत स्वर छ । संगीत तथा शब्द रचना रुद्रसेनकै छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल विना राउत र गायक रुद्रसेनको दमदार अभिनय देख्न सकिन्छ । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

गायक रुद्रसेनले भने, ‘यसपालिको होलीलाई अझ रमाइलो बनाउन होली सररर... तयार पारेको छु ।’ गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।