बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश कोसी प्रदेश

पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल- रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल- रेग्मीटार सडक निर्माण अन्तिम चरणमा
खोटाङ, फागुन २६ :

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका- ११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे- बुइपा- विजयखर्क- राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९-८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ ।

पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा रहेको उनले बताए । दिक्तेल- रेग्मीटार सडक निर्माणमा नगरपालिकाको ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि ४० लाख बजेट उपलब्ध गराएको छ ।

नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल- खानीडाँडा- रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । 

नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल- खानीडाँडा- रेग्मीटार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी समेत खुसी भएका छन् ।

दिक्तेल- रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार