काठमाडौं, फागुन २६ :

कर्णाली भेकको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ऋषिराज आचार्य लिखिति तथा निर्देशित ३ मिनेटको ट्रेलरमा कर्णालीको सौन्दर्य, जनजीवन र व्यथा प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक टिजर र ‘कर्णाली कटौंला’ गीतले चर्चा पाइरहेका बेलामा ८ चैतबाट दर्शकमाझ आउन लागेको ‘द्रौपदी’ को ट्रेलर ल्याइएको हो ।

रिलिजअघि नै केही अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको फिल्म डोल्पाको शे फोक्सुन्डो ताललगायत कर्णालीका विभिन्न स्थानमा खिचिएको हो । नारी संवेदनात्मक लाग्ने फिल्मको ट्रेलरमा प्रमुख अभिनेता निर्देशक स्वयं ऋषिराज आचार्य, शीर्ष अभिनेत्री आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायत कलाकारलाई देख्न सकिन्छ ।

निर्देशक आचार्य स्वयंको लेखन, अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पाश्र्व संगीत तथा मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्मका गीतमा रवि ओड र इन्द्रकला राईको आवाज छ ।

आरबी मुभिजमा बनेको  फिल्मको सहनिर्माता ऋतु आचार्य र विष्णु ठडराई, निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । फिल्मको वितरण एप्पल इन्टरटेन्टमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा गर्दै छन्