मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

घिसिङले उठाए मन्त्रीमाथि नै प्रश्न : आफैंले हस्ताक्षर गरेको नाफाको अंकलाई कागजी नाफा भन्न मिल्छ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
घिसिङले उठाए मन्त्रीमाथि नै प्रश्न : आफैंले हस्ताक्षर गरेको नाफाको अंकलाई कागजी नाफा भन्न मिल्छ ?
काठमाडौं, फागुन २६ :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम उर्जा मन्त्रालयले सोधेको तीनदिने स्पष्टीकरणको घिसिङले जवाफ दिएका हुन् ।  घिसिङले आज बुझाएको स्पष्टीकरणमा आफूलाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् ।

स्पष्टीकरणमा घिसिङले कार्यकारी निर्देशकको नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्‍याएको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको दाबी गरेका छन् । मन्त्री दीपक खड्काले प्राधिकरणको नाफामाथि प्रश्न उठाएका थिए ।

स्पष्टीकरणपत्रमा घिसिङले मन्त्री खड्काले आफैँले हस्ताक्षर गरेको नाफाको अंकलाई कागजी नाफा भनेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको यही फागुन २२ मा बसेको बैठकलाई सम्बोधन गर्दा प्राधिकरणको वित्तीय विवरणका बारेमा मन्त्री खड्काले दिएको अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको घिसिङले उल्लेख गरेका छन् । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार