
काठमाडौँ, भदौ ७ :
काठमाडौँ भित्रिने मुख्य नाका मानिएको नागढुङ्गाबाट एकतर्फी सवारी साधन चल्न थालेका छन् ।
अविरल वर्षासँगै खसेको पहिरोको कारण हिजो त्रिभुवन राजपथको नौविसे- नागढुङ्गा सडक खण्ड अवरुद्ध बनेको थियो ।
ठूलो पहिरो झरेकाले पन्छाउन समय लागेको र झण्डै ६ घण्टापछि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको नागढुङ्गा ट्राफिक प्रहरीले जनाएको छ।
तनहुँको घाँसीकुवामा पनि पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको छ।
हिजोदेखि खसेको पहिरो हटाउन नसक्दा पोखरा भित्रिने र बाहिरिने सवारी साधन तनहुँमै रोकिएको तनहुँ प्रहरीले जनाएको छ ।