
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
अस्पतालमा बिग्रिएर थन्किएका उपकरण मर्मतका लागि सघाउन मन्त्री पौडेलले पुनसँग आग्रह गर्नुभएको थियो ।
मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा स्वदेशी सीपमा कम खर्चमा मर्मत गरि प्रयोगमा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिनुभयो ।
हाल १७ वटा संघीय अस्पतालहरुको बायोमेडिकल मेसिनहरुको मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको पुनले बताउनुभयो ।