काठमाडौँ, भदौ ७ :

सरकारले आजबाट टिकटक प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही सर्तहरूसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेर हिजो मन्त्रिपरिषद्‌मा पठाएको थियो।

आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरे टिकटकमाथिको प्रतिबन्ध औपचारिक रूपमा हट्नेछ।

सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्ष नोभेम्बर दोस्रो साता नेपालमा  टिकटक प्रतिबन्ध लगाएको थियो।

अब टिकटक चलाउँदा नेपालको शैक्षिक, सामाजिक जागरण तथा जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि समुदायमा सचेतना कार्यक्रम चलाउनुपर्ने सर्त राखिएको सञ्चार मन्त्रालयका अधिकारीहरु बताउँछन ।

प्रचण्ड सरकारले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाउँदा सर्वत्र आलोचना खेप्नुपरेको थियो । तर पनि गलत प्रयोग भएको भन्नेहरुको संख्या उत्तिकै उल्लेख्य थियो ।