
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई दु:ख भएको बताउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवंगत श्रष्टाप्रति सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मार्फत श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
‘भारतमा जन्मेर पनि नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गर्नुहुने लीलबहादुर क्षेत्रीको निधनको खबरले म अत्यन्तै दुखित छु । बसाइँ उपन्यासका सर्जक नेपालको मदन पुरस्कारबाट सम्मानित क्षेत्रीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ एक्समा राष्ट्रपति पौडेलले लेखेका छन् ।
साथै प्रधानमन्त्री केपी ओलीले पनि साहित्यकार क्षेत्रीको निधनमा दु:ख व्यक्त गरेका छन् । साहित्यकार क्षेत्रीको गएराति असमको राजधानी गुवाहाटीमा निधन भएको हो ।
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
