दैलेख, चैत १ :

दैलेखको भैरवी गाउँपालिका ५, सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज (शुक्रबार) दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनील दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाए ।

यो पनि…

एम्बुलेन्सको ठक्कर दिँदा एकजनाको मृत्यु, दुई घाइते
कोहलपुरमा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु
धनुषामा बस पल्टियो, २० भन्दा बढी यात्रु घाइते