बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कर्णाली प्रदेश

रुखले च्यापिएर दैलेखमा दुईजनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ चैत, २०८१ मा प्रकाशित
रुखले च्यापिएर दैलेखमा दुईजनाको मृत्यु
दैलेख, चैत १ :

दैलेखको भैरवी गाउँपालिका ५, सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज (शुक्रबार) दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनील दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाए ।

यो पनि…

एम्बुलेन्सको ठक्कर दिँदा एकजनाको मृत्यु, दुई घाइते
कोहलपुरमा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु
धनुषामा बस पल्टियो, २० भन्दा बढी यात्रु घाइते

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार