
काठमाडौँ, भदौ ८ :
सहकारीको रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा समितिले सहकारीको रकम दुरुपयोग गरेको अभियोग लागेका व्यक्तिहरूसँगको सोधपुछलाई निरन्तरता दिने जनाएको छ ।
यसअघि समितिले रकम दुरुपयोगको अभियोग लागि थुनामा रहेका सहकारी सञ्चालक तथा कर्मचारीहरूलाई बोलाएर सोधपुछ गरेको थियो ।
भदौ १५ गतेसम्म म्याद पाएको समितिले चाँडो काम सकेर प्रतिवेदन सरकारलाई बुझाउने तयारी स्वरुप काम गरिरहेको छ ।
समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई पनि बयान लिने व्यक्तिहरूको लिस्टमा राखेको समिति सदस्य बद्री पाण्डेले जानकारी दिनुभयो ।