
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न युक्रेन पुगेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग मस्कोमा भेट गरेको केही हप्तापछि भारतीय प्रधानमन्त्री मोदीले युक्रेनको यात्रा गरेको हो ।
जेलेन्स्कीले भारतीय नेताको युक्रेन भ्रमण मैत्रीपूर्ण र ऐतिहासिक भएको बताएका छन् । भारतीय प्रधानमन्त्रीले आर्थिक सम्बन्ध र रक्षा, विज्ञान र प्रविधिमा सहयोगका बारेमा छलफल गर्ने अपेक्षा गरिएको समाचार छ ।
सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्रता पाएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई युक्रेनको राजधानी कीभमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेका हुन् ।
दुई वर्षभन्दा बढीको युद्धमा मारिएका सयौं युक्रेनी बालबालिकाको सम्झनामा दुई नेताले स्मारकमा गएर भेटघाट सुरु गरेका थिए।
द्वन्द्वमा बालबालिकाको हत्या मान्य नहुने बताउदै मोदीले आफू शान्तिको सन्देश लिएर युक्रेन आएको बताएका छन् ।
जुलाईमा प्रधानमन्त्री मोदीले जुलाईमा गरेको रूसको भ्रमणलाई कीभ र केही पश्चिमाहरुले आलोचना गरेका थिए।
प्रधानमन्त्रीको दुवै देशको भ्रमणलाई भारतले दुई प्रतिस्पर्धी राष्ट्रबीचको सम्बन्धलाई सन्तुलनमा राख्न खोजेको विश्लेषण गरिएको छ ।