काठमाडौँ, भदौ १० :

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानै उपत्यकामा घाम लागेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक- दुई स्थानहरूमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने  छ। 

कोशी प्रदेश र मधेश प्रदेशको एक- दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।