
तनहुँ, भदौ १० :
तनहुँको व्यास नगरपालिका- १४ स्थित छाब्दी बाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दी वाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।
एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दी वाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख सहयोग गरेको छ भने कोषले ४६ लाख लगानी गरेको छ ।
छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ ।