सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ को मृत्यु, २९ जनाको उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ को मृत्यु, २९ जनाको उद्धार
कायरो, चैत १४ :

इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक चढेको पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपत्कालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ । पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए । पनडुब्बी किन डुब्यो भन्नेबारेमा थाहा हुन सकेको छैन ।

पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार