मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार भिडियो

रवीन्द्र र धवल अझै ५ दिन हिरासतमा बस्नुपर्ने, राणाबाहेक सबैलाई हतकडी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
रवीन्द्र र धवल अझै ५ दिन हिरासतमा बस्नुपर्ने, राणाबाहेक सबैलाई हतकडी
काठमाडौं, चैत १७ :

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

राज्यविरुद्धको अपराधको आरोपमा उनीहरुलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित गराइएको थियो । उनीहरुमाथि काठमाडौंको तीनकुनेमा शुक्रबार आन्दोलनकारीहरुलाई उक्साएर दुई जनाको ज्यानै जानेगरी आपराधिक घटना गराएको आरोप लागेको छ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई मंगलबारसम्म थुनामा राख्न पाउनेछ ।

अदालत लैजाँदा राणाबाहेक सबैलाई हतकडी लगाइएको थियो । प्रहरीले म्याद थपका लागि अदालततर्फ लैजाँदै गर्दा वरिष्ठ उपाध्यक्ष मिश्रको एक हातमा हतकडी देखिन्थ्यो भने अर्को हातले आफ्ना समर्थकलाई अभिवादन गरिरहेका थिए ।

तीनकुने घटनामा प्रहरीले १११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलगायत केही अझै फरार छन् । प्रसाईंले आइतबार सामाजिक सञ्जालमार्फत एक भिडियोमार्फत आफू सुरक्षाका कारण काठमाडौंको कुनै मन्दिरमा रहेको भन्दै फरार नभएको बताएका छन् ।

हेर्नुहोस् प्रसाईंले प्रहरीसँग माफी माग्दै सार्वजनिक गरेको भिडियो :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार