तनहुँ, भदौ ११ :

मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन- आँबुखैरेनी सडक आज बिहान १० बजेसम्म बन्द गरिएको छ ।

मुग्लिन- आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

गएको शुक्रवार भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १४ जना भएका छन् ।