सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

जातीय पहिचानको कुरा छाडेका छैनौं : अध्यक्ष दाहाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
जातीय पहिचानको कुरा छाडेका छैनौं : अध्यक्ष दाहाल
काठमाडौं, चैत २४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेन्डा नछाडेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकमा उनले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिए । उनले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराए ।

‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो । हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,’ उनले भने ।

त्यस्तै अध्यक्ष दाहालले वैशाख ६ गते काठमाडौंमा हुने नेवा: मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताए । ‘प्रतिगामीहरूले फेरि टाउको उठाउन सम्भव छैन । त्यसका लागि काठमाडौंका नेवारहरू जुरुक्क उठ्नुपर्‍यो । यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध आन्दोलन गर्न जरुरी भयो,’ दाहालले भने ।

यो पनि…

‘संसद्‌को विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा विधेयक पारित गर्छौं’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार