मकवानपुर, भदौ १२ :

पहिरोका कारण अवरुद्ध हेटौँडा- काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ३ मा वर्षाका कारण पहिरो गएको थियो । 

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका- ८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडक समेत सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।