काठमाडौँ, भदौ १३ :

धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ फेरि हिउँ पहिरो खसेको छ ।

हिउँ पहिरोले मुस्ताङको बोक्सीखोला पूर्णरुपमा थुनिएको थासाङ गाउँपालिका २ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।

हिउँपहिरो झरेसँगै आसपासमा बस्ती नभएपनि सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।

बेनी- जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।

यसअघि भदौ ६ गते पनि थासाङको बोक्सी खोला माथि हिमपहिरो खसेको थियो ।

फोटो: पोखरा न्यूज