काठमाडौं, वैशाख ३ :

राष्ट्रपति रामचन्द्र पौडेलले  संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।