सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

छानबिन उपसमितिले बुझायो समितिलाई ३८ पृष्ठको प्रतिवेदन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ वैशाख, २०८२ मा प्रकाशित
छानबिन उपसमितिले बुझायो समितिलाई ३८ पृष्ठको प्रतिवेदन
काठमाडौं, वैशाख १५ :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका अनियमितता र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा आज  उपसमितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै सभापति पोखरेलले समितिको आगामी बैठकमा प्रतिवेदनमाथि विस्तृत छलफल गरिने जानकारी दिए। करिब एक वर्षअघि पोखरा विमानस्थलमा देखिएका अनियमितता, गुनासा र सम्भावित भ्रष्टाचारबारे छानबिन गर्न उपसमिति गठन गरिएको थियो।

उपसमितिले स्थलगत अनुगमन, सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया, छलफल र आवश्यक कागजातको अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा छवटा मुख्य निष्कर्ष र सुझाव समेटिएको संयोजक लिङ्देनले जानकारी दिए ।

उक्त उपसमितिमा सांसदहरू जनार्दन शर्मा, गोकुलप्रसाद बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेमबहादुर आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणि राना सदस्य रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार