नयाँदिल्ली, मंसिर ६ :
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाहलाई आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा विदेशमन्त्री जयशंकरले भेटेका हुन्।
दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहसँग जयशंकरले शिष्टाचार भेट गरेका हुन्। प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल हुने छ।