
नवलपरासी, भदौ १५ :
नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख लागतमा निर्माण सम्पन्न भएको भ्युटावर बेवारिसे बनेको छ ।
कावासोती नगरपालिका- १ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।
तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो ।
टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् ।
कावासोती- १ का वडाध्यक्ष तबारक अहमद मियाँले तत्काल भ्युटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको बताउनुभयो ।