शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
मनाेरञ्जन कला

‘झिल्को’को अग्रिम बुकिङ खुला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ वैशाख, २०८२ मा प्रकाशित
‘झिल्को’को अग्रिम बुकिङ खुला
काठमाडौं, वैशाख १८ :

शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको यस चलचित्रको लागि देशभरका हलमा अग्रिम टिकट बिक्री सुरु गरिएको हो ।

चलचित्रको ट्रेलरले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक-सन्तानबीच बढ्दो दूरीजस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको थियो । जसमा आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । चलचित्रमा सुनील पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठको अभिनय छ ।

यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन् । भट्टराईले बालबालिका, अभिभावक, शिक्षक, र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्शाउन यो कथा चुनेको बताए ।

मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार