चितवन, भदौ १७ :
गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी- ठोरी सडक अवरुद्ध भएको छ ।
घाँघर खोलामा आएको बाढीले माडी- ठोरी सडक सवारी साधन आवतजावत बन्द भएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।
पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो ।
अहिले गन्तव्यमा हिँडेका सवारी साधन बाटोमा नै रोकिएका छन् ।