काठमाडौँ, भदौ १७ :

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ। 

दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा महामन्त्रीद्वयको प्रतिवेदन केही परिमार्जन सहित पारित गर्ने तयारी छ। 

यसअघि हिजो सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरूबीच भएको छलफलमा महामन्त्रीद्वयको प्रस्तावमा सहमति भएको बताइएको छ।