चितवन, भदौ १८ :

डेङ्गी सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका- २ का ६३ वर्षीय पुरुष रहेका छन् ।
 
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिनुभयो । ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । 
  
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गी रोगको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित मध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका रहेका छन् ।