
काठमाडौँ, भदौ १८ :
आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने पर्व मनाइदै छ ।
बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आज बिहानै गोकर्णेश्वर महादेव मन्दिरस्थित बागमती नदी किनारामा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदा दान गर्नेहरूको घुइँचो लागेको छ ।



बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
