
काठमाडौँ, भदौ १८ :
अमेरिकाले आज श्रमिक दिवस मनाउँदै छ ।
आफ्ना श्रमिकहरूको सम्मान गर्दै अमेरिकाले हरेक वर्ष सेप्टेम्बरको पहिलो सोमबार श्रमिक दिवस मनाउँदै आएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले आज एक विज्ञप्ति जारी गर्दै लाखौं अमेरिकी श्रमिकहरूले घर तथा विदेशमा रहेका व्यवसायहरूको आर्थिक सफलतामा योगदान दिएको उल्लेख गर्दै शुभकामना व्यक्त गरेको छ।
श्रमिक दिवसको अवसरमा आज नेपालस्थित अमेरिकी दूतावास बन्द रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
फोटोः gettyimages