धादिङ, भदौ १८ :

पहिरो खसेपछि पृथ्वी राजमार्गको गल्छी- गजुरी सडक खण्ड अवरुद्ध भएको छ । धादिङको आदमघाट नजिकै वर्षासँगै पहिरो खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन प्रहरी उपकरण सहित त्यसतर्फ गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीको भनाई छ । पहिरोका कारण राजधानी प्रवेश गर्ने र बाहिरिने यातायातका सवारी साधन सडकमै रोकिएका छन् ।