पाल्पा, भदौ १८ :

पाल्पाको रामपुर नगरपालिका- १० बर्दलेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

कालीगण्डकी करिडोर अन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४ प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर- १० का चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए । 

उनलाई उपचारका लागि रामपुर अस्पताल  पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।